काठमाडौं, १७ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको औपचारिक रूपमा प्रचारप्रसार सुरु भएको छ । निर्वाचन आयोगले आजबाट मंसिर १ गतेसम्म प्रचारप्रचास गर्न पाउने व्यवस्था गरेको छ ।
आयोगले संघीय वा प्रदेश सरकारका मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।
निर्वाचनमा आफैँ उमेदवार भएका मन्त्रीहरू आफू उमेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने नपाइने आयोगले जनाएको छ ।
संघीय सरकारका मन्त्रीले आयोगको सहमति लिएर सम्बन्धित प्रदेशभित्रको स्थानमा प्रचारप्रसारमा जान पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा प्रचारप्रसारको काममा संलग्न हुन पाउने छन् ।