कञ्चनपुर, २६ असोज । सोमबारदेखि बेपत्ता रहेको कञ्चनपुरका एक पुरुष मृत फेला परेको छन्। दोधारा चाँदनी नगरपालिका–४ कालिका टोल बस्ने ६५ वर्षीय लालु सार्की हिजो मंगलबार मृत फेला परेका हुन्।
उनी सोही नगरपालिका–४ लठ्ठाघाटस्थित माछापोखरीमा मंगलबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
सार्की सोमबार सोही नगरपालिका थापा चौराहबाट बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा उनको शव उक्त पोखरीमा फेला परेको प्रहरीले जानकारी दिएको छ। त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।