काठमाडौं,२२ असोज । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् ।
प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार गम्भीर अवस्थामा रहेका दुई जनालाई उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ पठाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।