धनगढी, १५ असोज । धनगढीमा वडा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ । आउदै गरेको विजया दशमी–छठ पर्वलाई हेदै समाजमा कुनै किसिमका समस्याहरु हुन नदिन सो योजना लागु गरेको हो ।
चाडपर्व नजिकिए सँगै नाकाबाट धेरै जसो नेपाली छोरीचेलीहरु बेचिने,लुटिने गरेका देखिन्छ । यस्ता किसिमका अपराधहरु हुन नदिन प्रहरीको प्रमुख भुमिका रहने शान्ति पुन स्थापना गृहकी प्रमुख पुष्पा जोशीले बताइन । उनले भनिन भारतबाट नेपालीहरु घर फर्कदा नाकामा लुटिने त्यति मात्र नभएर नेपालीबाट नै नेपाली ठगिने गरेको देखिन्छ यस्ता किसिमका समस्याहरुलाई समाधान गर्न सम्बन्धीत निकाएको ध्यान जान जरुरी रहेको प्रमुख जोशीले बताइन ।
चाडपर्वसँगै समाजमा अनेक किसिमका समस्याहरु देखिने गरेको हुर्दा समस्या न्युनिकरणका लागि विशेष सुरक्षा योजना लागु गरेको प्रहरी निरिक्षक उपेन्द्र बहादुर बलले बताए । उनले भने धनगढीका प्रत्येक चोक–चोकमा प्रहरीहरु घटाई सुरक्षा दिने र सबै धनगढी बासीले निरधक्का साथ पर्व मनाउन अनुरोध गरेको बताए ।