धनगढी, ४ असोज । कैलालीमा लागुऔषधसहित समातिएका युवक हतगडीसहित फरार भएका छन्। ईलाका प्रहरी कार्यालय सडकपुरबाट सोमबार दुई ग्राम लागुऔषधसहित पक्राउ परेका युवक फरार भएका हुन्।
बर्दगोरिया गाउँपालिका–२ का २८ वर्षीय जुगराम चौधरी हतगडीसहित भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। फरार रहेका चौधरीको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय सडकपुरले बताएको छ।