अछाम,१ असोज । अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका–८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका–५ मा दुई जना र ढकारी गाउँपालिका–६ मा एक जनाको मृत्यु भएको छ ।
शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।जिल्ला प्रशासनका अनुसार पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाक उद्धार गरिएको छ ।
बेपता हुनेमा तुर्माखाँदका ७ जना, ढकारीका एक जना, कमलबजारका ३ जना रहेका छन् ।