धनगढी, २५ भदौ । कञ्चनपुरमा नदीमा बगेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको मृत्यु भएको हो।
शनिबार बिहान स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जोगबुडा नदीमा बाढीसंगै बगेर आएका काठ दाउरा संकलन गर्ने क्रममा वादी बगेका हुन्। उनको शव बगेको ठाउँ एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए।