धनगढी, २४ भदौ । मोहना नदीमा फेला परेको शव कैलालीको धनगढीबाट बेपत्ता भएकी आस्था शर्माको रहेको खुलेको छ। सोमबारबाट बेपत्ता रहेकी धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया शर्मा शुक्रबार बिहान मोहना नदीमा मृत भेटिएकी हुन्। सोमबार उनी विद्यालय जान्छु भनेर घरबाट हिँडेकी थिइन्। त्यसपछि बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी टोली खटिएको थियो।
खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको हो। शवले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको छ।
उक्त कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको शव फेला परेको हो । मृतकका आफन्त घटनास्थल पुगेका छन्। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।