• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

म्यादी प्रहरीको भर्ना भाद्र अन्तिममा खुल्दै, १ लाख १५ हजार आवश्यक

धनगढी, २१ भाद्र/म्यादी प्रहरीका लागि गृहमन्त्रालयले भदौ २६ मा म्यादी भर्नासम्बन्धी सूचना प्रकाशन प्रकाशन गर्ने भएको छ ।
प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जिल्ला–जिल्लामा कायम गरिएका मतदान स्थल र मतदान केन्द्रको अनुपात हेरेर म्यादी प्रहरी भर्नासम्बन्धी प्रक्रिया तथा जिल्लागत रूपमा संख्या निर्धारणको काम दसैंअघि नै सक्ने र नतिजा दसैंपछि प्रकाशन गरिने बताए ।

केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा चारवटै सुरक्षा निकायबाट करिब पौने २ लाख सुरक्षाकर्मी र १ लाख १५ हजार म्यादी प्रहरी खटाउने गरी सुरक्षा कार्यविधिलाई अन्तिम रूप दिन लागेको छ । सोही क्रममा सोमबार गृह मन्त्रालयले म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि पारित गरेको छ । कार्यविधिमा म्यादीको कार्य अवधि ४० दिन रहने उल्लेख छ ।

प्रहरी प्रवक्ता डीआईजी राईका अनुसार भदौ २६ मा म्यादी भर्नासम्बन्धी सूचना प्रकाशन, भदौ ३० देखि असोज ६ सम्म आवेदन, भदौ ७ मा सम्पर्क मिति, असोज ९ देखि १४ सम्म छनोट गरेर असोज २५ मा नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको छ । छनोट भएका म्यादीलाई असोज २७ र २८ मा नियुक्तिपत्र दिइने र असोज ३० बाट कात्तिक ८ सम्म तालिम सम्पन्न गरी त्यसको भोलिपल्टबाट प्रहरीको नेतृत्वमा सुरक्षा ड्युटीमा खटाइनेछ । उनीहरूलाई निर्वाचन सकिएको ४ दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गर्ने तालिका तय भएको प्रहरीले जनाएको छ ।

म्यादीका लागि प्रहरी जवानको सुरु तलबमानसरह ४० दिनको ३४ हजार ७ सय ६० रुपैयाँ तलब, रासनबापत एकमुष्ट ७ हजार २ सय, पोसाक भत्ता ६ हजार, एकपटकका लागि प्रतिव्यक्ति १ हजार यातायात खर्च, हिमाली जिल्लामा खटिने म्यादीलाई न्यानो ज्याकेट किन्न प्रतिव्यक्ति थप १ हजार रुपैयाँ दिइने कार्यविधिमा उल्लेख छ । निर्वाचनमा खटिने सैनिक, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र म्यादीलाई चार दिन दैनिक ३ सयका दरले खाजा खर्च उपलब्ध गराउने गरी अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गरेको छ ।

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले मन्त्रालयबाट पारित म्यादी भर्नासम्बन्धी मापदण्ड कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पठाइएको जानकारी दिए । कार्यविधिमा पूर्वसुरक्षाकर्मी र विगतका निर्वाचनमा खटिएका म्यादीलाई आगामी निर्वाचनमा प्राथमिकतामा राखिनेछ ।मतदान स्थलको सुरक्षामा प्रहरी र म्यादी रहनेछन् । बाहिरी सुरक्षामा सेना र सशस्त्र आवश्यकताअनुसार खटिने उल्लेख छ । सामान्य सुरक्षा चुनौती भएका मतदान स्थलमा ३ प्रहरी र ५ म्यादी, संवेदनशीलमा ४ प्रहरी र ६ म्यादी तथा अति संवेदनशीलमा ५ प्रहरी र ९ म्यादी खटाउने तयारी छ । प्रहरी प्रवक्ता राईले हिमाल, पहाड, तराईरमधेस र राजधानीसहित सहरी क्षेत्रको सुरक्षा रणनीति र जनशक्ति परिचालन फरक–फरक रूपमा हुने र सोहीअनुसार रणनीति बनाइएको बताए ।

यता, निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशभर १० हजार ८ सय ८८ मतदान स्थल निर्धारण गरेको छ । आयोगका अनुसार गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा भन्दा १ सय ३२ मतदान स्थल थप गरिएको छ । स्थानीय तह निर्वाचनमा मतदान स्थलको संख्या १० हजार ७ सय ५६ थियो ।आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनमा देशभरका कारागारमा पनि कैदीबन्दीका लागि मतदानको व्यवस्था गरिँदै छ । कारागारमा हुने मतदान स्थल र केन्द्रको भने अन्तिम टुंगो लागिसकेको छैन ।

निर्वाचन आयोग, गृह मन्त्रालय, रक्षा मन्त्रालय तथा चारवटै सुरक्षा निकाय चुनावी सुरक्षा तथा व्यवस्थापन तयारीमा जुटेका छन् । गृह मन्त्रालयका अनुसार आगामी निर्वाचनमा २२ हजार ५ सयदेखि २३ हजारको हाराहारीमा मतदान केन्द्र कायम हुने अनुमान छ । मतदाता नामावली टुंगो लागेपछि मात्रै मतदान केन्द्र यकिन हुने आयोगले जनाएको छ । आयोगले मतदाताको संख्या, सुविधा एवं सुरक्षाको अवस्थासमेतलाई मध्यनजर गरेर मतदान स्थल पुनरावलोकन गरिएको जनाएको छ ।

‘२०७९ साउन १ देखि मतदान स्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायातलगायतका पूर्वाधार, सुरक्षा एवं भौगोलिक अवस्था तथा सरोकारवालाको सुझावसमेतका आधारमा मतदान स्थल सिफारिस गरिएको हो,’ सहप्रवक्ता अर्यालले भने । पुनरावलोकन गर्दा देशभरका ४ सय १ मतदान स्थल हटाएर नयाँ मतदान स्थल निर्धारण गरिएको उनले बताए । मतदान गर्न बास बस्नुपर्ने, निकै टाढासम्म हिँड्नुपर्नेलगायत समस्या समाधान हुने गरी मतदान स्थल टुंगो लगाइएको आयोगले जनाएको छ ।

मङ्गलबार, भदौ २१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.