धनगढी, १३ भाद्र/कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – ७ मा जङ्गली हात्तीको आक्रमणबाट सोमवार साँझ एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शुक्लाफाँटा ७ सिमलफाँटा बस्ने कालुराम जोशीकी २२ वर्षिया छोरी मिना जोशी रहेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।
घर नजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो । मृतक जोशीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।