धनगढी, १२ भदौ । सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याएको अवैध सामान आज बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीको गादावरी–५ मनहरा ईलाकामा भारतबाट अवैध रुपमा भन्सार छलि सामानसहित २ लाख ५१ हजार ७ सय बराबरको सामग्री बरामद गरेको ३४ गण हेडक्वाटर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए ।
कैलालीको गोदावरी–५ बाट नेपाल भिर्याउदै गरेका मोवाईल पार्टस र गाडी सजावटका लागी प्रयोग हुने प्लाष्टिक सामान बरामद गरी आवश्यक बारवाहीका लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको ३४ गण हेडक्वाटर प्रमुख सिंहले बताए ।
