धनगढी ११ भाद्र/हरितालिका तीजको अवसरमा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था धनगढीले महिलाहरूलाई तीजको दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार आयोजित कार्यक्रममा महिलाहरूको लागि सांस्कृतिक कार्यक्रम समेत राखिएको थियो । संस्थाले विगतका वर्षहरुको जस्तै निरन्तरता स्वरुप तीजको दर कार्यक्रम आयोजना गरिएको जनाएको छ।
सहकारी को उद्देश्य देशको सामाजिक आर्थिक विकास गर्नु मात्र नभई समाजको रूपान्तरण गरी संस्कृतिको जगेर्ना गर्नु पनि भएकोले नारी र नारित्व को सम्मान गर्न कार्यक्रम गरिएको सो संस्थाका सुदूरपश्चिम प्रदेश प्रमुख हेम राज जोशीले बताएका छन् ।
संस्थाले श्रावण १ गते देखि भाद्र १० गते सम्म तीज विशेष महिला बचत धमाका अफर लिएको थियो। सो अफरमा तिज विशेष खाता खेल्ने ५५० जना महिला हरुलाई सम्मान गर्दै दर खुवाइएको प्रमुख जोशीले बताए।