दिपायल, ७ भदौ । नेपाल बन्द गराउन निस्केका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बजार बन्द गराउँदै गरेको अवस्थामा पिपल्ला बजारबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र प्रशाद धमलाले बताए ।
पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य मोहन कठायत र अखिल क्रान्तिकारीका डोटी अध्यक्ष प्रकाश कठायत रहेका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलले एमसिसि र एसपिपिको बिरोधमा मंगलबार नेपाल बन्द गर्ने घोषणा गरेको थियो ।बन्दका कारण यहाँका शैक्षिक संस्था, सदरमुकाम बाहिरका कार्यालय, यातायात बन्द रहेका छन् ।