नेपालगन्ज, ४ भदौ । नेपालगन्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ।नेपालगन्ज उपमहानगरपालिका–१७ का करिब ४० वर्षीय परसुराम कलवार र उनका छोरा २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय (बाँके)_ का प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
नेपालगन्जस्थित नर्सिङ होममा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ। रासस
