धनगढी, ३ भदौ । कैलालीमा प्रहरीले भारतबाट अवैध रुपमा ल्याइदै गरेको भारतीय अण्डा नष्ट गरेको छ। बिहीबार सशस्त्र प्रहरी बल खुनपुरले भारतबाट ल्याउदै गरेका अवैध अण्डा बरामद गरि नष्ट गरेको हो।
सशस्त्र प्रहरी बल खुनपुरबाट खटिएको टोलीले ठुलो मात्रामा अवैध अण्डा बरामद गरेर नष्ट गरेको जनाएको छ। तर मात्रा भने खुलाइएको छैन।