मसुरिया २९ साउन/कैलालीको गौरीगंगा नगरपालिका अस्थायी प्रहरी पोष्ट मसुरियालाई आइतबार मसुरियामा मास्क हस्तान्तरण गरेको छ । नेपाल स्काउटको सहकार्य र युनिसेफको सहयोगमा स्थानीय स्काउट तदर्थ समिति गौरीगंगाले अस्थायी प्रहरी पोष्ट मसुरियालाई ४ हजार थान मास्क हस्तान्तरण गरेको हो ।
कोरोना भाइरस जोखिम न्युनिकरण र जनचेतनाको लागि मास्क हस्तान्तरण गरेको स्काउट प्रशिक्षक पुष्कर अवस्थीले वताए । कार्यक्रममा गौरीगंगा नगरपालिका वडा न (९ का जनप्रतिनिधि,व्यापारी र प्रहरीको सहभागिता रहेको थियो ।