धनगढी, २२ साउन । कैलालीमा सशस्त्र प्रहरी बलले अवैध रुपमा भन्सार छलेर ल्याएका लत्ताकपडा, किराना सामानसहित रकम बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले आज (आइतबार) कैलाली जिल्लाका बिभिन्न सीमा ईलाकाबाट भारतबाट अवैध सामान बरामद गरेको हो ।
भारतबाट भन्सार छली ल्याएका बेवारिसे अवस्थामा सामानसहित ५५७६२० रकम सहित कैलाली भन्सार कार्यालय त्रिनगर र सत्ति भन्सार कार्यालय खक्रौलामा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वार्टर कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक धनबहादुर सिहले जानकारी दिए ।