डडेल्धुरा, १५ साउन । डडेल्धुरामा लागुऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेका छन्। प्रहरीले कञ्चनपुको शुक्लाफाँटा नगरपालिका–९ का २८ वर्षीय दिपेश ऐर, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका–६ का २६ वर्षीय अनिल ताम्राकारलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट लागुऔषध खैरो हिरोइनजस्तो देखिने खैरो रङको पदार्थ २।५० ग्राम, नगद ४३ हजार ३ सय ५० रुयैयाँ र ३ थान मोबाइल बरामद गरिएको डीएसपी भट्टले बताउनु भयो ।
अमरगढी नगरपालिका–५ बागबजारस्थित तेज बोहराले सञ्चालन गरेको ग्रिन लजको तेस्रो तलामा लागुऔषध खैरोहिरोइनको कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा उनीहरूलाई शुक्रबार राति ९ बजेतिर पक्राउ गरिएको उनले बताए।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डीएसपी भट्टले बताए।