विराटनगर, १० साउन । सुनसरी घर भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरका कराँते प्रशिक्षक बिनोद राउत र उनका साथी सुरज सुवेदी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार विराटनगर महानगरपालिका–३ का ५० वर्षीय राउत र सुवेदी पक्राउ परेका हुन्। उनीहरु दुवैजना कराँते प्रशिक्षक हुन्।
राउत र उनका साथी सुवेदीले एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।पक्राउ परेकामध्ये राउत एमालेनिकट खेलकुद महासंघका सचिव र सुवेदी केन्द्रीय सदस्य रहेको खुलेको छ।
मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दीपक श्रेष्ठका अनुसार पीडितको जाहेरीका आधारमा शनिबार उनीहरुलाई विराटनगरबाट पक्राउ गरेर अनुसन्धानका लागि म्याद थपिएको छ।
राउत नेपाल खेलकुद महासंघका सचिवसँगै कराँते मोरङका सहायक प्रशिक्षक पनि हुन्। उनी मोरङ तालिम विभागको उपनिर्देशक पनि रहेका छन्। उनी सामाजिक संस्थामा पनि सक्रिय छन्।
उनीहरुले युवतीलाई होटलमा लगेर पटक पटक बलात्कार गरेको आरोप लागेको छ। त्यसपछि उनीहरुले भिडिओ बनाएर त्यही देखाउँदै ब्ल्याक मेल गरेको आरोप पनि लागेको छ।
उनीहरुले पटक पटक बलात्कार गरेको बताउँदै युवतीले जाहेरी दिएकी हुन्। दुवैमाथि भिडिओ बनाएर बार्गेनिङ गरेको आरोप पनि लागेको छ।