काठमाडौं, ८ साउन । झापामा तीन जना किशोरी एउटै रुखमा झुडिएको अवस्थामा शव फेला परेको छ ।
झापाको कचनकवल गाउँपालिका–५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको बयरको ढल्केको रुखमा तीन किशोरी झुन्डिएर अवस्थामा फेला परेको हो ।
कचनकवल–५ पाठामारीमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया शर्मिला गणेश झुन्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष मोहमद नुर आलमले बताए ।
उनले भने,‘ आज बिहान साढे ७ बजे उनीहरुको शव फेला परेको हो । उनीहरु छुटाछुटै परिवारको रहेका छन् ।’
उनका अनुसार तीनजना किशोरी घरबाट शनिबारदेखि बेपत्ता भएका थिए । चिया बगानमा काम गर्नेहरु आज बिहान रुखमा शव झुडिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । आत्महत्या गर्नुको कारण नखुलेको उनले बताए ।
एकजनाले दाम्लो, प्लाष्टिकको डोरी र गम्छा प्रयोग गरेको पाइएको झापा प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको बताए ।