धनगढी ३० असार/युटर्न इन्टरनेशनल प्रा.लिको धनगढी बिक्री केन्द्रको शुभारम्भ भएको छ । एक कार्यक्रमका बिच कैलाली उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले उद्घाटन गरेका छन् ।
धनगढीमा रातोपुलमा रहेको बिक्रि केन्द्रबाट युटर्न इन्टरनेशनले आफ्ना उत्पादन गरेका बिभिन्न सामाग्रीहरु बिक्रि बितरण गर्ने सेल्स कस्टमर केयर डाईरेक्टर सुमन तिवारी जानकारी दिए ।नेपालमा जडीबुटी जन्य सामाग्री उत्पादन गर्ने युटर्नले देशका बिभिन्न स्थानमा सामाग्री उत्पान कम्पनी रहेका छन् ।
उद्घाटन कार्यक्रममा कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, उपाध्यक्ष दिनेश लम्साल लगाएतको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रममा युटर्न इन्टरनेशनल प्रालिले उत्पादन गरेको बस्तुले स्वास्थ्य संग प्रत्यक्ष सकारात्मक असर राख्ने र यसको सेवन सबैले नियमित गर्नुपर्नेमा जोड दिईएको थियो । कार्यक्रमको संचालन सदस्य अरुण ज्ञवालिले गरेका थिए ।