धनगढी, २८ असार/कैलालीको गौरीगंगा–९ शान्तिपुरबाट घरमा लुकाई राखेको ३५ ग्राम लागुऔषध ब्राउन सुगर सहित तिन जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कैलाली तथा ईलाका प्रहरी कार्यालय मसुरियाको टोलीले बिशेष सुचनका आधारमा शान्तिपुरका स्थानीय मेघराज पौडेलको घर खान तलासी गर्दा घर भित्र राखेको ३५ ग्राम लागु औषध ब्राउन सुगर सहित तिन जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नावय उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
कैलालीको घोडाघोडी–२ शिबनगरका २८ बर्षका हिक्मतबहादुर बम, जोशिपुर–७ सिमरीका २७ बर्षिय रामबहादुर सिराडी र गौरीगंगा–९ शान्तिपुरका २७ बर्षका ईश्वर पौडेललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेका व्यक्तीलाई नियन्त्रणमा जिल्ला अदालत कैलालीबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रवक्ता जोशीले जानकारी दिए ।