धनगढी, २३ असार/पुरानो भुक्तानीको माग गर्दै बुधबार कैलालीको घोडाघोडी नगरपालिका तिन जना घरेलु हतियार सहित प्रबेश गरी कर्मचारीलाई धम्काएका छन् । कर्मचारी धम्कयाउने ३ जनालाई प्रहरीले पक्राउ समेत गरिसेको छ ।
घोडाघोडी नगरपालिकाको वडा नम्बर २ साँडेपानीका ३६ वर्षीय विरबहादुर बोहरा, २८ वर्षीय भूपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरु बुधबार नगरपालिकाको कार्यालयमा घरेलु हतियारसहित प्रवेश गरी भुक्तानीका लागि कर्मचारी धम्कयाएका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको छ । उनीहरु साडेपानीमा रहेको रिफ्रेस रेन्टर निमार्णको भुत्तानी माग गर्दै नगरपालिकाको कार्यालय भित्र हतियारसहित प्रवेश गरेको कैलालीका प्रहरी प्रबक्ता जोशीले जानकारी दिए ।
पुरानो योजनाको भुत्तानी नदिएकाले तीन जना मासु काट्ने हतियार र छुरासहित नगरपालिकाको कार्यालय प्रवेश गरेपछि कर्मचारीको भागाभाग भएको घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपककुमार आचार्यले सुदूरपत्र अनलाईनलाई जानकारी दिए । हतियार सहित कार्यालयमा आएपछि प्रहरीलाई शान्तिसुरक्षका लागि प्रहरी खबरी गरी नियन्त्रणमा लिएको प्रमुख प्रशासकिय अधिकृत आचार्यले बताए । इलाका प्रहरी कार्यालयको टोलीले उनीहरुलाई मोटरसाइकलमा भाग्दै गर्दा पक्राउ गरेको हो । नगरपालिकाले उनीहरुविरुद्द बिहिबार उजुरी दिने बताएको छ ।