धनगढी,१० असार/ कैलालीको बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९र०८० को बजेट सार्वजनिक गरिएको छ। पालिकाले शुक्रबार १० औँ गाउँसभा मार्फत कुल ७६ करोड ७० लाख ५५ हजारको बजेट सार्वजनिक गरेको हो।
गाउँपालिकामा संघिय सरकारबाट ४४।६९ करोड र प्रदेश सरकारबाट १।५१ करोड प्राप्त हुने भएको छ भने, २.५० करोड पालिकाको आन्तरिक स्रोतबाट सङ्कलन हुने अनुमान गाउँपालिकाले गरेको छ।
संघिय सरकारको विभिन्न अनुदानबाट गाउँपालिकाले ४४ करोड ६९ लाख २६ हजार प्राप्त गर्ने जनाइएको छ। यस्तै प्रदेश सरकार १ करोड ५१ लाख २९ हजार प्राप्त हुने जनाइएको छ।यस्तै गाउँपालिकाको आन्तरिक स्रोतबाट २ करोड ५० लाख रकम सङ्कलन हुने अनुमान गरिएको छ।