काठमाडौँ, १असार। ओखलढुंगामा १२ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापकसहित चार जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा ७६ वर्षीय वृद्धसमेत रहेका छन्।
पीडित बालिकालाई फरक फरक मितिमा बलात्कार गरेको भन्दै बालिकाका अविभावकले जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका २ घर भई नारायणस्थान माध्यमिक विद्यालयका प्रधानध्यापक ४० बर्षीय पूर्णप्रसाद फुयाल, सिद्धिचरण नगरपालिका ३ का ३२ वर्षीय डम्बर भुजेल, ३१ वर्षीय केवल भुजेल र ७६ वर्षीय फडिन्द्र प्रसाद दाहाल छन्।
बालिकाको स्वास्थ्य परीक्षण गर्ने लगायतका प्रक्रिया सुरु गरेको छ।यस्तै पक्राउ परेकामाथि अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ।