ओखलढुङ्गा ३१, जेठ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिद्धिचरण नगरपालिका३ बस्ने ३२ वर्षीय केवल भुजेल, ३१ वर्षीय डम्बर भुजेल र सोही नगरपालिका२ बस्ने ४० वर्षीय पूर्णप्रसाद फुयाल सोमबार साँझ पक्राउ परेका हुन्।
बालिकालाई फकाएर विभिन्न प्रलोभनमा पारी डर धाक धम्की देखाउँदै गत बैशाख २७ गते दिउँसो सोही नगरपालिको११ मा जबरजस्ती करणी गरेको र यसअघि पनि विभिन्न स्थान र मितिमा समेत जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
बालिका बलात्कार अभियोगमा ३ जना पक्राउ
बालिका बलात्कार अभियोगमा ३ जना पक्राउ