धनगढी,२९जेठ/जनकल्याण समुदायिक वनमा आर्थिक अनियमिता भएको पाईएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १४ फूलवारी स्थित सो सामुदायिक वनमा आर्थिक अनियमिता भएको पाईएको हो ।
आर्थिक अनियमिता भएको स्थानिय वन उपभोक्ताको अरोपपछि गत फागुन ३० गते साधारण सभाले यादव प्रसाद भण्डारीको संयोजकत्वमा ११ सदस्यि छानबिन समिति गठन गरेकोे थियो । उक्त छानबिन समितिले गत चैत २६ गते प्रतिबेदन तयार गरेको थियो । छानबिन समितिको प्रतिवेदन अनुसार वनका पदाधिकारी लगायतकाले २३ लाख १५ हजार रकम ऋण स्वरुप चलाईएको पाइएको छ । जसमध्ये २ लाख ५० हजार रकम भने असुल भएको पाईएको छ ।
यस्तै १८ लाख ८९ हजार ९ सय ५३ रुपीयाँ ७ पैसा रकम उपभोक्ता समितिले बैंकमा दाखिला नगरी नगद राखेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख रहेको छ । यस्तै काठ बिक्रिबितरण, बिधान बिपरित आर्थिक सहयोग र रसिदको ओसीहरुमा रकम केरमेट गर्ने लगायतका कार्यगरी अनियमिता गरेको पाईएको छनबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । सो समुदायिक वनमा अनियमिता भएको पाईएपछि अख्तिियारले समेत छानबिन गरिरहेको बताईएको छ ।
यता वनका अध्यक्ष नैयनबहादुर थापाले वनका पदाधिकारीहरुले प्रतिवेदनमा भनेअनुसारको रकम चलाएको स्वीकार गरेका छन् । अफुहरुले निर्णय गरेर रकम सापटी दिएको बताउदै रकम असुल हुनेक्रम जारी रहेको अध्यक्ष थपाको भनाई छ ।
हेर्नुहोस् छानबिन समितिको प्रतिवेन
