धनगढी, २५ जेठ । धनगढीमा खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन्। मंगलबार धनगढी उपमहानगरपालिका–१ स्थित सेती प्रादेशिक अस्पताल नजिकैबाट कञ्चनपुर–१ का ४२ वर्षीय डबबहादुर तामाङ पक्राउ परेका परेका हुन्।
उनको साथबाट ३० ग्राम लागुऔषध खैरो हिरोइन फेला पारे प्रहरीले बताएको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान गर्दा धनगढी–२ स्थित त्रिनगर भन्सारबाट पुनर्वास–१ कै ३५ वर्षीय कान्छो तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको साथबाट १० ग्राम खैरो हिरोइन बरामद गरिएको छ।
त्यस्तै, धनगढी–३ टाफिक चौराहाबाट पुनर्वास–१ की २८ वर्षीया अन्जु सार्कीलाई ४९ हजार नगदसहित पक्राउ गरिएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए। खैरो हिरोइन बिक्री वितरणमा एउटा समूह नै सक्रिय रहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ।
