• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रहरीबाटै लुटिए व्यापारी, मोबाइलबाट खुल्यो रहस्य

काठमाडौँ, २० जेठ । काठमाडौंको लैनचौरमा एक व्यापारी प्रहरीबाटै लुटिएको खुलेको छ। दुई साताअघि भएको लुटपाटमा प्रहरीकै संलग्नता खुलेको हो।काठमाडौं प्रहरी परिसरले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ।

‘हामी घटनाको अनुसन्धान गरिरहेका छौँ। मान्छेको पहिचान भइसकेको छ। केही मान्छे ल्याएका छौँ। केही आउने क्रममा छन्’, परिसर प्रमुख एसएसपी सुदीप गिरीले भने।

लुटपाटमा संलग्न व्यक्तिहरुले एक किलो सुन ३५ लाख रुपैयाँमा दिने भन्दै बोलाएपछि सुन व्यापारी झोलामा ३५ लाख रुपैयाँ लिएर त्यहाँ पुगेका थिए। तर उनलाई सुन नदिई प्रहरीसहितको समूहले रकम लुटेर भागेको थियो।

एक किलो सुनलाई शुक्रबारको बजार मूल्यअनुसार ८४ लाख ४५ हजार रुपैयाँ पर्छ। एसएसपी गिरी भन्छन्, ‘व्यापारी लोभमा पर्दा घटना घट्न पुग्यो। यस्तो गलत कुरा पत्याउनै नहुने। हामी अनुसन्धान सकेर सबै कुरा सार्वजनिक गर्छौँ।’

सुन किनबेचका लागि भनेर उनीहरु लैनचौरको ब्याडमिन्टन कोर्टमा भेला भएका थिए। उनीहरुले व्यापारीलाई सुन नदिई पैसा लुटेर फरार भएका थिए।लुटपाटमा दुई जना प्रहरी पनि संलग्न रहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। तर परिसरले भने यसबारे अनुसन्धान भइरहेको भन्दै बताउन चाहेन।

व्यापारीको ३५ लाख रुपैयाँ लुटेर भाग्दा मोबाइल खसेको थियो। त्यो खसेको मोबाइल नै प्रहरीको भएको खुलेको हो। त्यो मोबाइल लिएर लुटपाटमा परेका व्यापारी नै प्रहरी कार्यालय पुगेका थिए।

त्यही मोबाइल प्रमाण बन्दा प्रहरीले लुटपाटमा संलग्न सहजै पत्ता लगाउन सकेको हो। तर एसएसपी गिरी भन्छन्, ‘लुटेरा पनि कति बाठा भएका हुन्। मोबाइल नै फालेर भागेका रहेछन्।’

 

शुक्रबार, जेठ २०, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.