धनगढी, १८ जेठ/धनगढीमा विद्युत अनियमिता हुन थालेपछि सेवा व्यबस्थित रुपमा दिन नेपाल बिद्यार्थी संघले माग गरेको छ । बुधबार नेविसंघ कैलालीका बिद्यार्थीहरुले धनगढी बिद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डाललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
एक साता देखी धनगढीमा बिधुत सेवा अनियमित भैरहेकोले बिद्यार्थीहरुले सेवा सहज बनाउन माग गर्दै बिद्युत प्राधिकरणका प्रमुख सुर्यनारायण मण्डाललाई बुझाएको नेविसंघ कैलाली क्षेत्र नम्बर ५का कार्यवहाक सभापति देवेन जोशीले जानकारी दिए ।
अहिले विद्यार्थीहरुको कक्षा १२ र स्नातकोत्तर तहका केही सेमेस्टरको परीक्षा चलिरहेको विद्यार्थीलाई निकै समस्या भएको सभापति जोशीको गुनासो छ । धनगढीमा आजभोलि दैनिक विद्युत अवरुद्ध भइरहेको स्थानीय बताउदै आएका छन् । व्यबसायीहरु पनि यो समस्याबाट आफूहरु हैरान भएको बताएका छन् ।
