पर्सा, १७ जेठ । पर्सा प्रहरीले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोपमा दुई युवालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन्।
पर्सा जगरनाथपुर गाउँपालिका–६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रु एक हजार दरका नोट साट्दै गरेको अवस्थामा उनीहरूलाई २० थान ९२० हजार नक्कली रकम० सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नक्कली नोट साटिरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले दुवैलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरियामा राखेर अनुसन्धान अगाडि बढाएको छ।