धनगढी, १५ जेठ । धनगढीमा नदीमा डुवेर दुई बालकको मृत्यु भएको छ। मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका बेला डुवेर दुई बालकको ज्यान गएको हो।
प्रहरीका अनुसार धनगढी–३ का साढे ९ वर्षीय अनुप भौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुवेर मृत्यु भएको हो। पुलमुनि नुहाइरहेका बेला उनीहरु दुवै नदीमा डुवेका थिए।