ओखलढुंगा, १५ जेठ । ओखलढुंगामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ४४ वर्षीय एक पुरुष पक्राउ परेका छन्।मोलुङ गाउँपालिका ५ का ४४ वर्षीय तारानाथ पोखरेललाई प्रहरीले पक्राउ गरेको हो।
घरमा कोही नभएको बेला पोखरेलले किशोरीलाई आफ्नै घरको कोठामा लगेर गएको बिहीबार दिउँसो जबरजस्ती करणी गरेका आरोप छ।करणीको घटना सार्वजनिक भएपछि ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले पोखरेललाई शुक्रबार साँझ घरबाटै पक्राउ गरेको हो।
पोखरेलले ललाइफकाई आफूलाई जबर्जस्ती गरेको बयान किशोरीले दिएकी छन्। आरोपी पोखरेललाई कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।