धनगढी, ३० वैशाख । अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो। यस्तै साफेबगर नगरपालिका १३ बाब्लामा पनि मतदान स्थगित भएको छ।
कांग्रेस–नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो।पञ्चदेवल विनायकको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने ४ जना घाइते भएका छन्। मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको बताइएको छ।