धनगढी, २९ वैशाख । मौन अवधिका समयमा प्रचारप्रसार गरेको विषयमा कैलालीको गोदावरी नगरपालिकामा बुधबार राति कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार कैलालीको गोदावरी नगरपालिका ६ मा राति ११ बजेतिर चुनावी प्रचारमा रहेका एमाले र कांग्रेसका कार्यकर्ताहरुबीच झडप भएको हो।
झडपमा बिन्तिराम चौधरीको बायाँ हातमा चोट लागेको छ भने अन्य ५ जना सामान्य घाइते रहेको उनले बताए। घटनाबारे मौखिम जानकारी आए पनि लिखित रुपमा कुनै उजुरी नपरेको उनले बताए।