धनगढी, २५ वैशाख । धनगढीमा एक युवकमाथि पत्रकारले आक्रमण गरेका छन्। पत्रकार योगेन्द्र भण्डारीको समूहले आफूलाई निर्घात कुटपिट गरेको भन्दै पीडित आदित्य जोशीले आरोप लगाएका छन्।
पीडित जोशी निवेदन दिन जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका छन्। उनी निवेदन लिएर आएको र घटना सम्बन्धी सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
धनगढी उपमहानगरपालिका –५ बस्ने २४ वर्षीय पीडित जोशीले धनगढी–२ स्थित फारवेष्ट जिम सेन्टरको माथि लगेर आफूमाथि भण्डारीको समूहले हातपात गरेको बताएका छन्। उनले उक्त ४ जनाको समूहले फलामको रड र हतियार प्रहार गरेको बताए।
यस विषयमा पत्रकार योगेन्द्र भण्डारीसँग बुझ्दा उनले घटना भएको स्विकार गरेका छन्। उनले व्यक्तिगत कुरा भएको भन्दै आफू जिल्ला प्रहरी कार्यालयमै पुगेको बताएका छन्।