धनगढी, २५ बैशाख । नेकपा एमालेका नेता तथा सुदूरपश्चिम प्रदेश सभाका बिधान सभाका सभापति नेपालु चौधरीको सरकारी गाडी स्थानियले नियन्त्रणमा राखेका छन् ।
निर्वाचनको समयमा आचारसहिता उलंघन गरी सरकारी गाडीको दुरुपयोग गरेको भन्दै से १ झ ३०७ नम्बरको स्कार्पीयो धनगढी १९ जे गाँउमा नियन्त्रणमा लिएको स्थानीय तरुण दलका नेता डबलबहादुर रोकायाले जानकारी दिए । ‘सरकारी गाँडीमा झण्डा सहित एमालेको प्रचारप्रसारमा प्रयोग गरिएको पाएका हौ’ रोकायले भने–‘हामीले प्रहरीलाई जानकारी गराई नियन्त्रणमा लिएका हौ ।’ नेपालु चौधरी चढ्ने गाडीमा ड्राईभर मात्रै रहेको बताईएको छ । उता नेपालु चौधरी भने घर जाने क्रममा स्थानीयले राजनीतिक रंग दिन गाडी नियन्त्रणमा लिएको बताएका छन् ।
घटना स्थलमा प्रहरीको टोली समेत पुगेको छ । स्थनीयनले गाडी नियन्त्रणमा लिएपछि सुरक्षा दिएको ईलाका प्रहरी कार्यालय बहुलीयाका सई जयसहि भण्डारीले जानकारी दिए । गाडी र चाबी स्थानियले नियन्त्रणमा लिएको धामीले सुदूरपत्रलाई जानकारी दिए ।