धनगढी २१ कार्तिक/नेपाली कांग्रेसको चर्को नाराबाजी र सरकारको राजीनामा मागपछि सुदूरपश्चिम प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
प्रदेश सरकारप्रति आक्रोश व्यक्त गर्दै नेपाली कांग्रेसले आफैँलाई गलत ठहर गर्ने, असफल सरकार, माननीय सांसद तथा जनतामा भ्रम सिर्जना गर्ने र संवैधानिक मर्यादा उल्लङ्घन गर्ने सरकारले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।
कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सदनमा नाराबाजी गरेपछि प्रदेश सभा बैठक स्थगित भएको हो ।