धनगढी, २५ वैशाख । दार्चुलाका सीमा नाका वैशाख २७ देखि ३० गतेसम्म बन्द हुने भएका छन्। स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै दार्चुलामा भारतसँग सीमा जोडिएका नाकाहरु २७ गते साँझ ७ बजेदेखि वैशाख ३० गते साँझ ७ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
२२ गते बिहीबार बसेको जिल्ला सुरक्षा समितिको सीमा नाका बन्द गर्ने सम्बन्धी निर्णय एवं २४ गते शनिबार बसेको नेपाल भारत सीमा समन्वय बैठकको सहमति अनुसार भारतसँग जोडिएका नाका बन्द हुने भएको सूचनामार्फत जनाइएको छ।
