• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

‘मिदी’ भन्दै फेसबुकमा भिडिओ पोस्ट गर्ने किशोर पक्राउ

काठमाडौँ, २१ बैशाख । केही दिनयता आफ्नो हास्य मिश्रित भनाइसहितको भिडिओबाट भाइरल भएका किशोरलाई प्रहरीले पक्राउ गरेको छ।

करिब ३० सेकेन्डको यो भिडिओका कारण चर्को आलोचना भएपछि खोजी गरिरहेको प्रहरीले ती किशोरलाई बुधबार पक्राउ गरेको हो।ती किशोरको भिडिओ फेसबुक र टिकटकमा रातारात भाइरल भएपछि प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका किशोर कपिलवस्तुको वाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी हुन्।म्यादी प्रहरीको पोसाकमै सेल्फी भिडिओ सुट गर्दै उनले आफू मिदीमा भर्ना भइसकेकाले आफ्ना साथीहरुलाई जे जे गर्न मन लाग्छ गर्नु भनेका थिए।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार उनलाई पक्राउ गरेर सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

म्यादी प्रहरीको पोसाकमै मिदी मिदी भन्ने किशोरलाई समातेका छौँ। सार्वजनिक अपराधको मुद्दा चलाइएको छु, उनले भने, गाँजा खान्छु खुवाउनुपर्छ भन्ने कुरा गम्भीर हो। अर्को उसले प्रहरी पोसाकको दुरुपयोग गर्यो।

अनुसन्धानका क्रममा ती किशोर म्यादी प्रहरीमा भर्ना नै नभएको खुलेको छ। उमेरले पनि उनी म्यादीमा भर्ना हुन योग्य थिएनन्।

रेग्मीले म्यादीमा भर्ना भएका उनका फुपूका छोरा पुरण भट्टराईको पोशाक लगाएर भिडिओ खिचेको खुलेको छ। कार्कीका अनुसार पुरणले उक्त पोशाक खोलेर घरबाहिर गएका बेला रेग्मीले लगाएर भिडिओ खिचेका थिए।

ुहामीले गाँजा खानुपर्छ खुवाउनुपर्छ भन्ने कुरालाई गम्भीर रुपमा लिएको हो। म्यादीलाई हामीले कडा अनुशासन सिकाएका छौँु, उनले भने, टिकटक बनाएर नाच्नु भन्ने अलग कुरा हो। त्यो अपराध गरेको होइन तर गाँजा खुवाउनुपर्छ भन्नु राम्रो होइन।

‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो। तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लडु, उनले भिडिओमा भनेका थिए, कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी। माँ कसम१ निखिल उप्रेती मेरो नाम नेपालभर चिन्छ। इन्स्पेक्टर त डराउँछ, माथिका त डराउँछन्। नेपालको कानुन डराउँछ।’

 

बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.