• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

धनगढीका मतदाताको प्रश्नः विगतमा दिएका अश्वासन किन पूरा भएनन् ?

धनगढीः, १८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मत माग्न घरदैलो पुगिरहेका उम्मेदवारसँग मतदाताले विगतका चुनावका बेला दिइएको अश्वासन किन पूरा नगरेको भनी तिखो प्रश्न गर्न थालेका छन्। शनिबार धनगढी उपमहानगरपालिका—१३ मा पुगेका उम्मेदवारसँग स्थानीय मतादाताले चुनावका बेला ठूलाठूला अश्वासन दिने, तर चुनाव जितेर गएपछि नफर्किने भन्दै गुनासो पोखेका थिए।

उम्मेदवारले मत माग्दै गर्दा स्थानीयवासी डबल सिंहले असन्तुष्टि पोख्दै भने, ‘‘तपाईहरुलाई किन र केका लागि भोट दिने, के काम गर्नुभएको छ र रु’’ उनको प्रश्नपछि पार्टीका कार्यकर्ता अलमलिएका थिए। सोही वडाका देवराज पाण्डेयले आफूहरुको बसोबास रहेको हिमाली टोलको सडकको स्तरोन्नति गरिदिन बारम्बार अनुरोध गरिए पनि कसैबाट सुनुवाइ नभएको गुनासो गरे।

उनले भने, ‘‘टोलको सडकको स्तरोन्नति कहिले एडिबिको कार्यक्रममार्फत् गरिँदै छ भनिन्छ, कहिले प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट गरिँदै छ भन्ने अश्वासन दिइन्छ, तर अहिलेसम्म सडकको स्तरोन्नति हुन नसक्दा जनताको नेताप्रतिको विश्वास टुट्न लागेको छ।’’ उक्त बस्तीमा उचित सडक, ढल निकास, टेलिफोन, खानेपानीलगायत विकासका पूर्वाधारको सुविधा अझैँसम्म पुग्न नसक्दा उपमहानगरपालिका भएर पनि बत्तीमुनीको अँध्यारोको नियति भोग्न आफूहरु बाध्य भएको स्थानीयवासीको गुनासो छ। उक्त वडामा शनिबार एमाले, नेपाली कांग्रेससहितको गठबन्धन र राष्ट्रिय जनमोर्चाले चुनाव लक्षित कार्यक्रम गरेका थिए।

धनगढी उपमहानगरपालिका क्षेत्रमा खासगरी वर्षायाममा डुवानको ठूलो समस्या छ। सडक स्तारोन्नति हुन नसक्दा बन्ने खाल्डाखुल्डी सडकमा नगरवासी हिँड्न बाध्य छन्। फोहर व्यवस्थापनको समस्या समाधान हुन सकिरहेको छैन। सबै वडामा समानुपातिक विकास गर्ने भनिए पनि त्यसो हुन सकिरहेको छैन। विकासका योजना नेता कार्यकर्ताको पहुँच र प्रभावका आधारमा छनोट भएर कार्यान्वयन गर्ने गरिएकाले अधिकांश ग्रामीण वडामा विकासका आधारभूत पूर्वाधार पुग्न नसकिरहेको जनगुनासो छ।

मुख्य बजार क्षेत्रका बिग्रे भत्किएका सडक मर्मत निर्माणमा ध्यान दिइएको छैन भने बजार क्षेत्रमा सार्वजनिक शौचालयको ठूलो समस्या छ। रोजगारी र स्वारोजगारीको अवसर र सम्भावना वर्सेनि न्यून हुँदै गएका छन्। टोल बस्तीका घरदैलोमा पुगेर मतदातालाई उम्मेदवारले रिझाउन थालेपछि चुनावी सरगर्मी चार दिनयता ह्वात्तै बढेको छ। प्रत्यासीले निरन्तर गर्ने गरेका भेला र बैठकमा आफू विजयी हुने रणनीति बुनिरहँदा बाटो, सार्वजनिकस्थल, चिया पसलमा जमघट हुने सर्वसाधारण पनि आपसमा चुनावमा को विजयी हुनसक्छ भनेर जोड घटाउको चर्चा गरिरहेका भेटिन्छन्। निर्वाचनको माहौल तातेसँगै तालमेल गरेर साझा उम्मेदवारी दिएका र तालमेलबिना नै एकल रुपमा उम्मेदवारी दिएकाबीचको प्रतिस्पर्धा यस अघिका निर्वाचनको तुलनामा रोचक र भिन्न देखिने विश्लेषण मतदाताको छ।

प्रमुख पार्टीका प्रत्यासीबीच कडा प्रतिस्पर्धा

स्थानीय तहको निर्वाचनमा कैलालीका १३वटै पालिकामा सत्ता साझेदार दलका साझा प्रत्यासी र गठबन्धन बाहिर रहेका नेकपा ९एमाले० लगायतका दलका प्रत्यासीबीच मुख्य प्रतिस्पर्धा हुन लागेको मतदाताको आँकलन छ। जिल्लाका पालिका तहको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनले तालमेल गरेर साझा उम्मेदवारी दर्ता गराए पनि वडा तहमा तालमेल भएको छैन। विगतको स्थानीय तहको निर्वाचनमा हाल सत्ता गठबन्धनमा रहेका दलहरुले पाएको मतभारको आधारमा आसन्न चुनावमा सबै पालिकामा गठबन्धन दलका प्रत्यासीले बाजी मार्ने ती दलका कार्यकर्ताको दाबी छ।

नेपाली काँग्रेसका वडाध्यक्षका प्रत्यासी धर्मराज ओझाले भने,‘‘उम्मेदवारी मनोनयन गर्ने दिनसम्म देखिएको असमझदारी विस्तारै अन्त्य हुँदै गएकाले आफूहरु विजय हुनेमा दुई मत छैन।’’ तर विगतको स्थानीय तहमा पाएको मतलाई मुख्य आधार मानी चुनावी जोड घटाउ गरेर विजयी हुने आँकलन गर्नु गलत हुने अर्को थरिका मतादाताको तर्क छ। निर्वाचनको विजय वा पराजयमा यो अवधिमा बढेका नयाँ मतदाताको पनि भूमिका रहने विश्लेषण गरिएको छ।

गठबन्धन गर्दा देखिएको अन्योल र टिकट वितरणमा देखिएको पार्टीको आन्तरिक किचलो लगायतका कारण गठबन्धन पक्षका प्रत्यासीमा सबै मत जान नसक्ने एकल उम्मेदवारी दिएकाहरुको तर्क छ। गठबन्धनमा देखिएको असन्तुष्टिको फाइदा उठाउने दाउमा विपक्षी उम्मेदवार छन्। पाँचवर्ष अघिको स्थानीय तह निर्वाचनमा जिल्लाका सात पालिकामा एमाले, तीनमा कांग्रेस, दुईमा माओवादी केन्द्र र एकमा तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार प्रमुखमा विजयी भएका थिए ।

धनगढीमा कडा प्रतिस्पर्धा

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा तीन जना प्रत्यासीबीच कडा प्रतिस्पर्धा हुन लागेको आँकलन मतदाताको छ। सत्ता साझेदार दलका तर्फबाट प्रमुखका प्रत्यासी नेपाली कांग्रेसका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच कडा टक्कर हुन लागेको मतदाताको भनाइ छ। प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत पार्टी नेपालका भारती थापा, जनता समाजवादी पार्टीका कविन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी पनि प्रत्यासी छन्। उद्धबराज पन्त र मदनकृष्ण भट्ट पनि प्रमुखका स्वतन्त्र उम्मेदवार छन्। प्रमुखमा उम्मेदवारी दिएकी राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठले उम्मेदवारी फिर्ता लिएकी छन्।

सत्ता साझेदार दलकै तर्फवाट उपप्रमुखमा माओवादी केन्द्रका शान्तिकुमारी अधिकारी क्षेत्री, एमालेका कन्दकला राना थारु, नागरिक उन्मुक्ति पार्टीका सावित्रा चौधरी, राप्रपाका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका बिमलाकुमारी पन्त र स्वतन्त्र प्रभाकर भण्डारी प्रत्यासी छन्। त्यस्तै उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाल परिवार दलका विष्णुकुमारी विश्वकर्माको उम्मेदवारी भने खारेज भएको छ। निवर्तमान उपमहानगर प्रमुखसमेत रहेको वड पाँच वर्षअघि भएको निर्वाचनमा १४ हजार ३२४ मत प्राप्त गरी विजयी भएका थिए। सोही निर्वाचनको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले ११ हजार ५२७ मत पाएका थिए। तेसो स्थानमा नेकपा माओवादी केन्द्रका रामसमझ रानाले १० हजार २०९ मत र चौथौमा नेकपा एमालेका दुर्गाप्रसाद जोशीले नौ हजार ९४६ मत पाएका थिए।

उपमहानगरमा पाँच वर्षअघि ७४ हजार ४३० मतदाता रहेको थियो भने आसन्न स्थानीय तहको निर्वाचनमा ९३ हजार १५१ मतदाता पुगेका छन्। १९ वडा रहेको उमहानगरपालिकामा राना थारु, क्षेत्री, बाहुन, ठकुरी, दलित, डगौरा चौधरी समुदायको बाहुल्यता छ।

आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.