धनगढी, १० वेैशाख । नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा फेरि नृपबहादुर वडलाई उम्मेदवार बनाउने भएको छ। धनगढीको मेयरका लागि काँग्रेसबाट सात जनाले आवेदन दिएकोमा वडलाई फेरि उम्मेदवार बनाउने तयारी भएको हो।
सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर काँग्रेसको भागमा परेपछि काँग्रेसको कार्यदलले वडको नाम टुंगो लगाएको हो। निर्णय भने आज हुने बताइएको छ। नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले पनि धनगढीको मेयरमा वडको नाम टुंगो लागेको बताए। ञमेयरमा नृप फिक्स भइसकेको हो,झ उनले भने, ञउपमेयर माओवादीको भागमा परेको छ।
फेरि उम्मेदवार हुने टुंगो लागेपछि काठमाडौंमा रहेका वड आजै धनगढी फर्केर राजीनामा दिने तयारीमा छन्। उनी ०७४ मा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २ हजार ७ सय मतले पराजित गर्दै मेयरमा विजयी भएका थिए।