धनगढी, २ बैशाख/निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन तथा व्यवस्थापनबारे प्रादेशिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरिएको छ ।
निर्वाचन कार्यालय प्रदेशको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ लाई सफल बनाउन धनगढीमा शुक्रबार सो प्रशिक्षण कार्यक्रम गरिएको हो ।कार्यक्रमको निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले ल्यापटपको बटन थिच्दै ब्यानरको उद्घाटन गर्दै कार्यक्रम शुरु भएको जानकारी दिएकी थिइन । सो अवसरमा बोल्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न आवधिक निर्वाचनले महत्वपूर्ण भुमिका खेल्ने बताइन । ‘संघिय शासन प्रणालीमा जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय तहनै हो’ उनले भनिन –‘आउदो ३० गते हुन लागेको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वासिलो, भयरहित, निभय ढंगले सम्पन्न गर्न हामी सबैको दायित्व र कर्तव्य रहेको छ ।’
उनले स्थानीय तह सञ्चालन र व्यवस्थापनको महत्वपूर्ण जिम्मेवारी निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको रहेको बताइन । उनले यहा“ (मतदान अधिकृत/सहायक निर्वाचन अधिकृत) हरुको अनुभव र सुझावलाई आयोगले सधै ग्रहण गर्ने बताइन । उनले सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार एक सय ५० मतदाता रहेको र मतदान केन्द्र दुई हजार एक सय तीन रहेको बताइन ।
उनले निर्वाचनको शुरुवातदेखिनै गर्नुपर्ने कुराहरुको सबैले मनन गर्नुपर्ने बताइन । ‘निर्वाचनमात्र होइन मतगणनाका कुरा, मतदान स्थलहरु, केन्द्रहरुलाई आम मतदातामैत्री बनाउने कुरामा पनि ध्यान दिनुहोला’ उनले भनिन ‘विभिन्न प्रकारका मतदाता छन । ती मतदाताहरुलाई सहज ढंगले कसरी पहु“च योग्य बनाउने कुराको पनि मनन गर्न जरुरी छ ।’
उनले आयोगले निर्वाचनको तालिकाअनुसार धेरै अघि बढिसकेको बताइन । उनले हरेक स्थानीय तहमा कार्यालय स्थापना गरि मतदान अधिकृतहरुले आ“चार संहिता उल्लंघनका घटनालाई पनि निगरानी गर्नुपर्ने बताइन । ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन त्यति सहज कार्य पनि होइन । जटिल र व्यवस्थापकिय कार्य पनि भएकाले नियमित सरोकारवालाहरुसंग अन्र्तक्रिया, छलफल गर्दै अघि बढ्यो भने हाम्रो लक्ष्य प्राप्त गर्न सक्छु’ उनले भनिन ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख सचिव रामेश्वर दंगालले सबैको योग्दानबाटै मात्र निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सकिने बताए ।कैलाली प्रमुख जिल्ला अधिकारी किरण थापाले निर्वाचन लोकतन्त्रको सवल पक्ष रहेको बताए । ‘निर्वाचनलाई भयरहित, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न कैलालीमा आवश्यकता अनुसार सुरक्षा निकाय परिचालन गरिने छ’ उनले भने –‘निर्वाचनका बेलामा निर्वाचन लक्षित सुरक्षा योजना बनाउने, निर्वाचन स्थल, कार्यालयलाई सुरक्षित बनाउने, मतगणना र ढुवानी लगायतमा हाम्रा योजना हुन्छन ।’ उनले दुर्गम क्षेत्रमा मतपत्र ढुवानी गर्न हेलिकोप्टर पनि तयारी अवस्थामा राखिने बताए ।
कार्यक्रममा प्रदेश प्रमुख सचिव दंगाल, आयोगका सहसचिव डाक्टर अर्जुनकुमार खडका, टेकबहादुर घिमिरे, पूर्व सहसचिव राजेश्वर नेपाल, सहसचिव तोयनाथ सुवेदी लगायतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा खटिएका मतदान अधिकृत र सहायक निर्वाचन अधिकृतको सहभागिता रहेको थियो ।