धनगढी, २५ चैत । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एकीकृत समाजवादी पार्टी बाहिरिने भएको छ । नेपाली कांग्रेसलाई सरकारमा सहभागिता गराउने तयारी भएसँगै समाजवादी पार्टी भने सरकारबाट बाहिरिने तयारी गरेको हो ।
समाजवादीकोतर्फबाट मन्त्री भएकाहरुले सामुहिक राजिनामा दिने तयारी गरेका छन् । नेकपा एस सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहका अनुसार सरकारबाट बाहिरिने वा नबाहिरिने भन्ने बिषयमा छलफल भइरहेको छ ।
सम्भवतस् एकीकृत समाजवादी पार्टी सरकारबाट बाहिरिने आशंका गरिएको छ । कांग्रेसलाई सरकारमा सहभागि गराउने तयारी भएसँगै एकीकृत समाजवादीका नेताहरु असन्तुष्ट भएका छन् ।
