• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

ट्युसन पढ्न बोलाएका साथीबाटै हत्या : दाजुबहिनी पक्राउ

काठमाडौँ, २२ चैत । ट्युसन पढ्न घरबाट निस्किएकी एकजना एकजना किशोरीको उनकै साथीबाट हत्या भएको खुलेको छ।उदयपुरको बेलका नगरपालिका वडा नम्बर–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै १७ वर्षीया नाबालिग साथीबाट भएको खुलेको हो।

कविताको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले स्थानीय विजय ढकाललाई पनि पक्राउ गरेको छ। उनी पक्राउ परेकी नाबालिगका ठूलो बुवाका छोरा हुन्।उक्त विद्यालयको १० कक्षाकी छात्रा कविताको शव बुधबार बिहान विद्यालय गइरहेका बेला स्थानीय यशोदा खोलामा हत्या भएको थियो। उनको शव अनुहार क्षतविक्षत भएको अवस्थामा फेला परेको प्रधानाध्यापक सूर्यनारायण साहले बताए।

साहका अनुसार उनीहरु बिहान ४ बजे नै ट्युसन पढ्नेबारे सल्लाह भएको थियो। मृतक कविता र उनकी साथी दुवै जनता माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी हुन्। साथीसँग फोनमा सल्लाह भएपछि घरबाट विद्यालय हिँडेकी कविताको शव अनुहारभरी चोटै चोट लागेको अवस्थामा भेटिएको हो।

उता कवितालाई ट्युसन पढ्न बोलाएकी ती नाबालिग साथी विद्यालय नपुगी बाटैबाट घर फर्किएको पनि खुलेको छ। प्रधानाध्यापक साहका अनुसार कविता र उनको हत्यामा संलग्न ती नाबालिगको घर नजिकै पर्छ।उनीहरु अध्ययनरत विद्यालयले एसईई आउन लागेपछि बिहानैदेखि ट्युसन कक्षा राखेको थियो। तर मंगलबार ट्युसन पढ्न हिँडेकी कविताको शव घरबाट केही सय मिटर दूरीको यशोदा खोला भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कविताको हत्याका क्रममा बियरको बोतल र ढुंगा दुवै प्रयोग गरेको पाइएको छ।एक ठाउँमा बियरको बोतल र ढुंगाले हानेर ढालेपछि घिसार्दै लगेर अर्को ठाउँमा छाडेको देखिन्छु, एक प्रहरी अधिकारीले भने, घिसार्ने क्रममा भुइँभरी रगत देखिएको छ। कविताको अनुहार पनि नराम्ररी क्षतविक्षत बनाइएको भेटिएको छ।

प्रहरीका अनुसार बिहान ६ बजेदेखि ट्युसन कक्षा हुने भएकाले कविता ५ बजे पछाडि घरबाट निस्किएकी थिइन्। यो घटना पनि उनी विद्यालय पुग्न नपाउँदै साढे ५ को आसपासमा भएको अनुमान प्रहरीले गरेको छ।

प्रहरीका अनुसार कविताका बुवा र दिदी घटना हुँदा घरबाट निस्किएका थिए। उनी कविताकी दिदीलाई साथमा लिएर धरान गएका हिँडेका खुलेको छ। कविताको गाउँबाट विद्यालयसम्म पुग्ने बस्ती नभएको आधा घण्टाको बाटोमा हत्या भएको हो।

यो घटना कविता र ती नाबालिग साथीको रिसइबीका कारण भएको हुन सक्ने प्रहरीले जनाएको छ। रिसइबी साँध्न ती नाबालिग साथीले आफ्ना ठूलो बुवाका छोरालाई पनि प्रयोग गरेको खुलेको छ।

कविताको हत्याका लागि ती नाबालिगले विनोदलाई पनि प्रयोग गरेको देखिएको छ। घटनापछि मृतकको शव अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। नाबालिग र विनोदलाई इलाका प्रहरी कार्यालय रामपुरले हिरासतमा लिइसकेको छ।

 

मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.