काठमाडौं,१३ चैत । तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन्। आइतबार दिउँसो साढे २ बजेतिर विदेशमन्त्री वाङ चीन प्रस्थान गरेका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरेका छन्। तीन दिनको भ्रमणका लागि उनी गत शुक्रबार भारत हुँदै नेपाल आएका थिए।