कैलाली,९ चैत्र / प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा माओवादी शून्य अवस्थामा पुगेको बताएका छन् ।
पत्रकारसँग कुराकानी गर्दै एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले तत्कालीन नेकपा विभाजनपछि माओवादी केन्द्र छोडेर एमालेमा लागेका भट्टले सुदूरपश्चिम प्रदेशमा माओवादी शून्य हुने दाबी गरेका हुन् ।
माओवादी केन्द्र मृत्यु शय्यामा पुगिसकेको छ ‘सुदूरपश्चिममा माओवादी एक्लै चुनाव लड्ने हो भने शून्य हुन्छ,’ उनले भने । काँग्रेस र नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय चुनावी गठबन्धन नभए आसन्न निर्वाचनमा माओवादीको अस्तित्व नै नरहने उनको भनाइ छ ।