धनगढी ६ चैत /नेपाली काङ्ग्रेसका पुर्ब पार्टी सभापति एवं पुर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसमा श्रद्धाञ्जली तथा दिप प्रज्ज्वलन कार्यक्रम आज धनगढीमा सम्पन्न भएको छ ।
नेपाल साँस्कृतिक संघ जिल्ला कार्यसमिति कैलालीको आयोजनामा भएको संघको कार्यालयमा नेपाली काङ्ग्रेसका पुर्ब पार्टी सभापति एवं पुर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रती श्रद्धाञ्जली अर्पण सहित वहाँको सम्झनामा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको संघका कैलाली जिल्ला सभापति एवं नेपाली काङ्ग्रेसका सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत डोटेली कान्छाले बताए ।
संघको कार्यालयमा स्वर्गीय कोइरालाको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्दै वहाँ प्रती श्रद्धाञ्जली अर्पण सहित वहाँको सम्झनामा दिप प्रज्ज्वलन कार्यक्रम गरिएको थियो । श्रद्धाञ्जली अर्पण गर्दै नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावतडोटेली कान्छाले नेपाल साँस्कृतिक संघका जन्मदाता समेत रहनु भएका पुर्ब प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पुर्ब पार्टी सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको राजनीतिक , सामाजिक एवं साँस्कृतिक योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल साँस्कृतिक संघका केन्द्रीय सदस्यद्वय सरस्वती खडका भट्ट, प्रेम बिबश चन्द, जिल्ला सदस्यहरु दलबहादुर बोगटी, मेघा भट्ट, जमुना साउँद लगायतका साँस्कृतिककर्मीहरुको सहभागीता रहेको थियोे ।