धनगढी, ६ चैत । विवेकशील साझा पार्टीका सुदूरपश्चिम प्रदेश सदस्य सिद्दराज पनेरुले पार्टीबाट राजीनामा दिएका छन्। पनेरुले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन्।
‘मैले धनगढी वडानम्बर ४ को वडाध्यक्षका लागि स्वतन्त्र उम्मेद्वारी दिएको अवगतै छ’ पार्टीका सुदूरपश्चिम प्रदेश संयोजकलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख छ, ‘स्वतन्त्र उम्मेद्वारी दिएकाले मैले पार्टीमा बस्न उचित ठानिन। त्यसैले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउदछु।’
पनेरुले धनगढी उपमहानगरपालिकामा मेयर पदका उम्मेद्वार गोपाल हमालले उम्मेद्वारी घोषणा गरेकै दिन वडाध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेका थिए।