पुनर्वास ५ चैत/कञ्चनपुरको पुनर्वास एमाले नेता मा परित्याग गरी काँग्रेसमा प्रेबश गरेका छन् । एमाले केन्द्रीय सदस्य कृष्ण तामाङ नेपाली काँग्रेसमा प्रवेश गरे लगत्तै उनका सयौं शुभचिन्तकहरू काँग्रेसमा प्रवेश गरेका छन।
स्थानीय तहको निर्वाचन नजिकिदैँ जाँदा कञ्चनपुरको पुनर्वासमा विभिन्न दल परित्याग गरि डेढ सय नेता कार्यकर्ताले काँग्रेस प्रवेश गरेका छन् ।पुनर्वास स्थित उद्योग वाणिज्य संघको सभाकक्षमा नेपाली काँग्रेस नगर समितिका सभापति शुक बहादुर तामाङको अध्यक्षता र पुर्व साँसद तथा काँग्रेस नेता मनानिय दिवान सिंह बिष्टको प्रमुख अतिथ्यमा आयोजित होलि मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिएको थियो।
उक्त शुभकामना आदानप्रदान कार्यक्रमकै अवसरमा काँग्रेस प्रवेश गर्नेको लार्को लागेको थियो। उनिहरुलाई पुर्व साँसद तथा काँग्रेस नेता दिवान सिह बिष्टले स्वागत गर्दै पार्टीमा भित्र्याएका थिए ।बुधबार मात्रै नेपाली काँग्रेस प्रवेश गरेका नेकपाका पुर्व केन्द्रिय सदस्य , नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष, कृष्ण बहादुर तामाङको पहलमा उनी पक्षिय नेता कार्यकर्ताहरुले नेपाली काँग्रेस प्रवेश गरेका हुन ।
बिहिवार काँग्रेस प्रवेश गर्नेहरुमा नेकपाका पुर्व जिल्ला कमिटी सदस्य एवं नेकपा एमालेका पुनर्वास नगर स्तरीय वरिष्ठ नेता बिजय हमाल, युवा नेता कल ब तामाङ , छबिलाल तामाङ बिष्णु लामिछाने सहित डेढ सय जनाले नेपाली काँग्रेस प्रवेश गरेका थिए ।
पुनर्वासमा नेपाली काँग्रेसको संगठन सुदृढ पार्न हामी दिनरात खटिरहेको नेपाली काँग्रेसका नेता एवं पुर्व साँसद दिवान बिष्टले बताए । पक्षीय एमाले समर्थित अरु थुप्रै साथीहरु संग सल्लाह भइ रहेको सात आठ सय जना काँग्रेस प्रवेश गराउने तयारी भइ रहेको नेता कृष्ण तामाङले बताए।